टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरी सम्मानित, सन्नीभेल बन्यो बिजेता
अमेरिका- टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो l
गत सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्लिफोर्नियाको सन्निभेल टोलीले डीएफडब्लु हिमालयजलाई ४ -० ले हराउदै बिजेता भएको छ l उक्त प्रतियोगिता मा सर्बोत्कृष्ट खेलाडी सुरज थापा भएका छन् भने रिजेन श्रेष्ठ अत्यधिक गोल गर्ने खेलाडी भएका छन् l
हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस बर्ष चर्चित पूर्व राष्ट्रिय अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको छ l चौधरी उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनले बिजेता समुहलाई पदक तथा पुरस्कार समेत वितरण गरेका थिए l
टोली व्यवस्थापक बिनोद बिष्टले समग्रमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा प्रायोजक ,स्वयमसेवक ,पदाधिकारी ,खेलाडी ,संचार माध्यम तथा समर्थकलाई बिशेष धन्यबाद ज्ञापन गरेका छन् l उक्त प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भकुण्डो प्रशिक्षक उमेश प्रधान तथा नेपाल का पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी तथा सामाजिक कार्यकर्ता धिरेन गुरुङ्ग ले बिजयी खेलाडी हरुलाई बधाई दिएका थिए l
नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा ६ बर्ष देखि लगातार खेलाई रहेको छ l प्रथम हुने बिजयी टोलिलाई $ १ हजार ५ सय डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई $ ७ सय डलर नगद तथा पुरस्कार सहित जम्मा $ २ हजार ३ सय डलर बराबर को नगद प्रदान गरियो l
ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल