बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली प्रतिगमनको प्रतिनिधि हुन्ः भट्टराई

मङ्गलबार, २१ पुस २०७७, १५ : १४
मङ्गलबार, २१ पुस २०७७

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । 
मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीको हो ।’

उनले ओलिीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा  सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप