प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन, शत्रुधन महतोलाई जिम्मेवारी
मङ्गलबार, २१ पुस २०७७, १५ : ००

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रदेश २ मा सो पार्टीको संसदीय दलको नेता परिवर्तन गरिएको छ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको हो । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।
सोही बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् । बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल