सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

पार्टीको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छः प्रवक्ता श्रेष्ठ

मङ्गलबार, २१ पुस २०७७, १४ : ५०
मङ्गलबार, २१ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टीभित्र रहेको अन्तरसंघर्ष अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटो हिँड्न खोजेको समेत आरोप लगाए । 

मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले संविधान अनुसार संसद सुचारू हुने समेत दावी गरे । 

सरकार बन्न नसक्ने अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने भन्दै उनले अहिले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाउन खोजेको आरोप लगाए । 

‘अदालत, निर्वाचन आयोगमा सेटिङ मिलाएको छ भन्ने हल्ला चलाएको भरमा हुँदैन । सेटिङ मिलाएको भन्नु संवैधानिक निकायमाथिको अवहेलना हो । यदि यी निकायलाई दबाबमा राख्न खोजेमा जनता जाग्नेछन्, यस्तो हुन जनताले दिँदैनन् ,’ उनले भने । 
श्रेष्ठले पार्टीको आधाकारिता र  चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने,  ‘पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी  हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप