बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

मङ्गलबार, २१ पुस २०७७, १४ : ३४
मङ्गलबार, २१ पुस २०७७

बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो ।

शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३ गते दिउँसो सोही स्थानको खोलामा मृत फेला परेकी थिइन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धान अनुुसार ती बालिकालाई सोही नगरपालिका वडा नम्वर–४, बनकट्टाका २० वर्षीय अल्फात मुसलमानले हत्या गरि फालेको खुल्न आएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डिएसपी धर्मराज भण्डारीले पुस ११ गते साँझ घरबाट बेपत्ता भएकी ती बालिकाको शव दुई दिनपछि प्रहरीले खोलामा फेला पारेको बताए ।

उनले भने, ‘अनुसन्धान गर्दै जाँदा निज मुसलमानले साँझमा शौच गर्न बसेकी बालिकालाई बलात्कारको प्रयास गरेको तर बालिका भागेपछि कर्तुत खुलासा हुने डरले उनको घाँटी निमोठेर हत्या गरेको खुल्न आएको हो ।’ निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराएर कारवाहीका लागि कानुनी प्रक्रिया थालिएको डिएसपी भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप