सबै भन्दा ठूलो आईपीओ ल्याउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
मङ्गलबार, २१ पुस २०७७, १३ : ३७
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे आईपीओ ल्याउने भएको छ ।
बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आउँदो माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको बैंकले जनाएको छ ।
जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ ।
हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
बालेनको पत्र एमालेद्वारा बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती
-
राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प
-
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
-
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर