मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

मङ्गलबार, २१ पुस २०७७, १३ : २०
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघ बीच चौपक्षीय सम्झौता भएको छ ।

जसमा मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने बताइएको छ ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप