शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरब अन्ततः तीन वर्षपछि कतार सामु झुक्यो

मङ्गलबार, २१ पुस २०७७, १० : २८
मङ्गलबार, २१ पुस २०७७

साउदी अरबले एउटा ठूलो कदम उठाउँदै कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ । 

खाडी देशका लागि यो निकै ठूलो घटना मानिएको छ किनभने कतारको थुप्रै छिमेकी देशसँग विवाद रहँदै आएको छ । 

यो निर्णय साउदी अरबमा मंगलबार गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) को सम्मेलनमा लिइनेछ । 

एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन् । 

कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्षअघि विभिन्न प्रकारको प्रतिबन्ध लगाइदिएका थिए । 

यी व्यापारिक, कूटनीतिक र यात्रा प्रतिबन्धमा साउदी अरबसँगै यूएई, बहराइन र इजिप्टको पनि सहभागिता थियो र एक तरिकाले कतारलाई ‘घेराबन्दी’ गरिदिएका थिए । 

कतार एउटा निकै सानो र धनी खाडी मुलुक हो जसले जिहादी चरमपन्थलाई प्रश्रय दिएको आरोप सधैं अस्विकार गर्ने गर्छ । 

यो निर्णयको अर्थ के हो ?

बीबीसीका रक्षा संवाददाता फ्रेन्क गार्डनरका अनुसार कतारमाथिको यो प्रतिबन्ध महिनौंको संयम र लामो कूटनीति पछि हटाइएको हो र यसमा कुवेतको ठूलो भूमिका रहेको छ । 

तर यसमा ह्वाइट हाउसको पनि निकै रुची रहेको छ किनभने राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त हुँदैछ । 

उनी भन्छन्, ‘साढे तीन वर्षको ‘घेराबन्दी’ कतारको अर्थव्यवस्था र खाडी एकताको धारणा दुबैका लागि निकै महँगो साबित भएको छ । खाडीका अरब छिमेकीले आफ्नो पिठ्यूँमा कसरी छुरा रोपेका थिए भन्ने कुरा यहाँका जनताले यति छिट्टै भुल्ने पनि छैनन् र माफी पनि दिने छैनन् ।’

‘तर कूटनीतिक कदम इतर यूएइलाई कतारले आफ्नो बाटो परिवर्तन गर्ने हो कि भनेर गहिरो शंका छ । यद्यपि, कतारले आफूले आतंकवादलाई प्रश्रय दिइरहेको र गजा, लिबिया र अन्य स्थानमा राजनीतिक इस्लामी आन्दोलनको समर्थन गरिरहेको छ भन्ने आरोप अस्विकार गरिसकेको छ । तीमध्ये पनि विशेषगरी मुस्लिम ब्रदरहुड जसलाई यूएई राजशाहीका लागि एक सम्भावित खतरा मानिन्छ ।’

गार्डनरका अनुसार यो घेराबन्दीले यदि केही गरेको छ भने कतारलाई साउदी अरबका वैचारिक दुश्मन टर्की र इरान नजिक पुर्याइदिएको छ । 

अहिलेसम्म के के भए ?

यो निर्णयको घोषणा टिभीमा कुवेती विदेशमन्त्री अहमद नसल अल–सबहले गरेका हुन् । 

अमेरिकी प्रशासनले यसमा विशेष भूमिका निभायो र एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाईं तथा वरिष्ठ सल्लाहकार जेरेड कुश्नर मंगलबार हुने सम्झौता कार्यक्रममा समावेश हुनेछन् । 

कतारका अमीर तमिम बिन हमद अल थानीले साउदी अरबका राजा सलमानको सम्मेलनमा समावेश हुने निमन्त्रणा स्विकार गरेका छन् । 

बीबीसीका मुख्य अन्तर्राष्ट्रिय संवाददाता लिज डूसेले सम्मेलन आयोजना गर्ने एक स्रोतलाई उद्धृत गर्दै साउदी आफ्नो हवाई मार्ग र समुद्री भूमि सीमा खोल्ने निर्णयका लागि विश्वास बहालीको आवश्यकता थियो जसका कारण अमिरको त्यहाँ उपस्थित हुन अत्यावश्यक थियो । 

सन् २०१७ मा जब घेराबन्दी लागू गरिएको थियो तब अमिरले कतारी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने देशको भ्रमण नगर्ने बताएका थिए ।

वाल स्ट्रिट जर्नल पत्रिकाका ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने, ‘यो अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।’

‘यसको अर्थ यो होइन कि उनीहरुले एक–अर्कालाई प्रेम गर्न थालेका छन् र निकै राम्रा साथी बन्नेछन् तर यसको अर्थ यो हो कि उनीहरु अब सँगै काम गर्न सक्नेछन्,’ उनले भने ।

 बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप