बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

मङ्गलबार, २१ पुस २०७७, ०९ : १३
मङ्गलबार, २१ पुस २०७७

क्लबमा कारोना संक्रमित पाइएपछि बार्सिलोनाले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्साले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

क्लबका दुई स्टाफका सदस्य संक्रमित भएको पाइएपछि अन्यको पनि परीक्षण गर्न लागिएको छ । ‘सोमबार गरिएको पीसीआर परीक्षणमा सिनियर टोलीको स्टाफका दुई सदस्यको नतिजा पोजेटिभ आएको छ,’ बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय समयअनुसार मंगलबार बिहान सबै टोलीको कोरोना परीक्षण गरिने छ ।’

यसको कारण बिहान १० बजे हुने प्रशिक्षण स्थगित गरिएको क्लबले जानकारी दिएको छ । प्रशिक्षण र पत्रकार सम्मेलनको नयाँ समय आज तोकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप