शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीले मातेको बेला प्रिमियर लिगमा खेलेँ : फर्डिनान्ड

मङ्गलबार, २१ पुस २०७७, ०८ : ०७
मङ्गलबार, २१ पुस २०७७

रियो फर्डिनान्डले युवा अवस्थामा आर्सनलविरुद्ध वेस्ट ह्यामको खेलमा आफू रक्सीले मातेको अवस्थामा खेलेको खुलासा गरेका छन् । इंग्ल्याण्डका पूर्व खेलाडीले सन् १९९६–९७ सिजनमा वेस्ट ह्यामको टोलीमा रहँदा उक्त घटना भएको जानकारी दिएका हन् ।

उनका अनुसार उनी त्यतिबेला १७ वर्षका थिए र आर्सनल जाने टोलीमा समावेश भए पनि त्यो दिन खेल्ने टोलीमा थिएनन् । त्यसैले उनी नजिकैको बारमा गएर रक्सी पिउन थाले । तर, पाउलो फुट्रेले खेल्न नमानेपछि सबै कुरा बदलिएको थियो ।

पाउलो एसी मिलानबाट वेस्ट ह्याममा आबद्ध भएका थिए र उनले १० नम्बर जर्सी पाउने अपेक्षा गरेका थिए । तर, उनलाई अर्कै जर्सी नम्बर दिए पछि उनले खेल सुरु हुनभन्दा अघि मैदान छाडेका थिए । यसको कारण फर्डिनान्ड टोलीमा समावेश हुन पुगे ।

‘म वेस्ट ह्याममा थिएँ तर त्यतिबेला त्यो दिन खेल्नेमा नपरेको कारण म नजिकैको बारमा गएँ र तीनवटा ब्रान्डी र कोक पिएँ,’ फर्डिनान्ड मो जिलियन पोडकास्टसँग कुराकानी गर्दै भने, ‘पछि किट म्यान आएर मलाई तयार हुन भने, त्यतिबेला पनि मेरो हातमा ब्रान्डी र कोक नै थियो ।’

‘म त्यसपछि मैदानमा पुगे र मैलाई नखेलाइयोस् भनेर प्रार्थना गरेँ । तर, अन्तिम १५ मिनेट खेल्न मैदानमा प्रवेश गर्न पर्यो,’ उनले भने । त्यतिबेला वेस्ट ह्याम २–० गोलले पछि परिसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप