बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्डपछि बुल्गारियामा पनि फाइजर भ्याक्सिनको देखियो साइड इफेक्ट

मङ्गलबार, २१ पुस २०७७, ०७ : ०७
मङ्गलबार, २१ पुस २०७७

फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । 

बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र  अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ । 

बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ ।  

यसअघि पनि फिनल्याण्डमा पाँच जनामा भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएको थियो । फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारभरी आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 


   

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप