एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने
![एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने](https://rpcdn.ratopati.com/media/albums/transmission-lines-copy_1534642979-1000x0_GM44S37iDY.jpg)
एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।
रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
ठेकेदार कम्पनीसँग सन् २०१० मा निर्माण सम्झौता भएको यो आयोजनामा स्थानीयवासीको अवरोध मात्र जिम्मेवार थिएन । निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीका साथै सामान आयातमा समस्याले पनि टावर निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । अहिले झिँगाने र टेकनपुरमा रहेको स्थानीयवासीको अवरोध साम्य भएपछि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावर कम्पनीले बाँकी रहेका छवटा टावर निर्माणलाई तीव्रता दिएको छ ।
प्रसारण लाइन आयोजना प्रमुख राजन ढुङ्गेलका अनुसार माघ पहिलो साताबाट ती टावर तयार गरेर तार टाँग्ने काम हुनेछ । कुल ४० किलोमिटर लामो प्रसारण लाइनमा १२५ वटा टावर रहनेछन् । ‘डबल सर्किट’ यो प्रसारण लाइन सम्पन्न गर्न करिब ४५ करोड रुपियाँ लागत लाग्ने आयोजना प्रमुख ढुङ्गेलको भनाइ छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान