शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध ऊजुरी दर्ता

मङ्गलबार, २१ पुस २०७७, ०६ : ५१
मङ्गलबार, २१ पुस २०७७

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध  कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए । उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ । 

होटल ताज ग्रान्डमा मिलाइएको थियो बन्दोबस्तः

स्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ । 

एक हप्तासम्म अनुसन्धान गरियो । उनीहरु तीनैजनाको बयान पनि लिइएको छ । त्यसपछि नियम तोडेको आरोपमा ऊजुरी दर्ता भएको हो । महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप