साउदी अरबमा महिलाहरुका लागि थप खुकुलो, महत्वपूर्ण कानून परिवर्तन

एजेन्सी । साउदी अरबमा महिलासँग जोडिएका कानूनहरु खुकुलो हुँदै गएका छन् । इस्लामिक मुलुक भनेर चिनिने साउदी अरबमा महिलाका लागि यसअघि देखिनै निकै कडा कानूनको पालना गर्नुपर्ने नियम छ । उक्त मुलुकमा भर्खरै एउटा महत्वपूर्ण कानून खुकुलो बनाइएको छ । त्यो के भने महिलाहरुले अब आफ्नो नाम परिवर्तन गर्ने अधिकार आफैंमा निहित हुने भएको छ ।
महिलाहरुले आफ्ना आमाबुबाको स्वीकृति बिनै नाम परिवर्तन गर्न पाउने भएका छन् । यसअघि महिलाको नाम परिवर्तन गर्न परिवारको अनुमति अनिवार्य थियो । आइतबार साउदी अरबको गृहमन्त्रालयले यसबारेमा जानकारी दिएको छ । जारी गरिएको नयाँ कानून अन्तर्गत अब महिला वा पुरुष जो सुकैले आफुसँग सम्बन्धित डाटा स्वत परिवर्तन गर्न सक्नेछन् । सुरु सुरुमा केवल पुरुषहरुलाई मात्र घरका अभिभावकहरुको अनुमति बिना त्यो गर्ने अधिकार थियो ।
यसअघि सन् २०१८ मा साउदीमा महिलाहरुले चालक बन्न पाउने अधिकार प्राप्त गरेका थिए । साथै त्यसअघि पहिलोपटक महिलाहरुलाई पुरुष अभिभावकहरुविना एक्लै घुम्न अनुमति दिइएको थियो । साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भिजन २०३० को सुरुवात गरेका छन् ।
यस अन्तर्गत साउदी अरेबियाको तेलमा निर्भरता कम गर्ने प्रयास भैरहेको छ । साउदीले अब तेल अर्थव्यवस्थाको ट्याग हटाउन विश्वव्यापी पर्यटकहरुको लागि आफ्नो ढोका खोल्ने तयारी गरिरहेको छ । यसैका लागि उनी विश्वभरका महिलाहरुप्रति आफ्नो कडा छविबाट बाहिर निस्कने प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे