बेलायतमा एकैदिन ५८ हजार बढी संक्रमित, ४०७ जनाको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या लगातार सातौँ दिन पनि ५० हजारभन्दा माथि रहेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ७८४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ ।
सोमबारको तथ्याङ्कअनुसार हालसम्मको संक्रमितको संख्या २७ लाख १३ हजार ५६३ पुगेको छ । बेलायतमा हाल देखिएको संक्रमित संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । यसैगरी पछिल्लो २४ घन्टामा थप ४०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ४३१ पुगेको छ ।
बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि पुनः राष्ट्रिय लकडाउन गर्ने तयारी भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ ८ बजे टेलिभिजन सम्बोधनमार्फत लकडाउनसम्बन्धि भावी योजनाको बारेमा जानकारी दिने भएका छन् ।
बेलायतमा आजैबाट अक्सफोर्ड विश्वविद्यालय र एक्सट्राजेनेका कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ । बेलायतले यसअ अघि नै फाइजर(बायोएनटेकद्वारा विकसित करिब दश लाख डोज भ्याक्सिन वितरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण