मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

भारतमा सरकार र आन्दोलनरत किसानबीचको वार्ता निश्कर्षविहिन

सोमबार, २० पुस २०७७, २२ : ३०
सोमबार, २० पुस २०७७

एजेन्सी । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ ।  आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउँसो २ बजे गर्ने सहमति भएको छ ।  

सोमबार बिहान सुरु भएको वार्तामा दुवै पक्षले आ–आफ्नो अडान नत्यागेको र सहमति हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।  वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीनओटै कानुन तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए ।

वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्रसिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए । वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए । 

वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए । भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप