शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७४ निको

सोमबार, २० पुस २०७७, २१ : २०
सोमबार, २० पुस २०७७

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षीय पुरुष छन् । योसँगै हालसम्म गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप