विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा
बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।
“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको छ ।”
आइतबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन । विद्युत् नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको छ ।
पानी परेपछि चिसो बढेकाले विद्युत् सेवा पनि नहुँदा झनै समस्या भएको दशरथचन्द नगरपालिका–१ का मानबहादुर टेरले बताए । उनले भने, “पानी परेसँगै विद्युत् पनि बन्द भएको छ, निकै समस्या भएको छ ।”
बैतडीमा विद्युत्को अनियमित कटौतीले समस्या भइरहेको बेला विद्युत् सेवा नै अवरुद्ध हुँदा झनै समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म