रुकुम पश्चिमका जनकबहादुर घर्ती मगरलाई उपचारमा आर्थिक समस्या, परिवारद्वारा सहयोगको अपिल
काठमाडौं । रुकुम पश्चिमका ४६ वर्षीय जनक बहादुर घर्ती मगर लामो समयदेखि कलेजोको समस्याबाट ग्रहसित छन् । उनलाई नेपालगञ्जको दस गजामा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो ।
दुई सातासम्म काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार गराएका मगरको कलेजो प्रत्यारोपण हुन सेकन । कोरोनाको कारण देखाउँदै हाल नेपालमा मनाव अंग प्रत्यारोपण रोकिएको छ । त्यसपछि आइतबार उनलाई भारतको लखनऊ लागिएको छ ।
आर्थिक अवस्था निकै नाजुक भएका मगरको परिवारले ऋण खोजेर भारत लगेपनि उपचारमा आर्थिक समस्या खडा भएको छ । घर्तीलाई उनकै भाइले कलेजो दिने तयार भए पनि आर्थिक समस्याका कारणले उपचारमा कठिनाई भएको छ ।
परिवारले मनकारी महानुभावहरुसँग जीवन रक्षाका लागि सहयोगको अपिल गरेको छ । सहयोगका लागि उनकी छोरी कमला घर्ति मगरको खाता नम्बर यहाँ उल्लेख छ । एसबिआई बैंकको कुलेश्वर शाखामा कमला घर्ती मगरका नाममा 21515243400636 नम्बरको खाता रहेको छ । उक्त खातामा सहयोग गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातमा देखिएका अड्चनहरू
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे