अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

एजेन्सी । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छिन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएकी हुन् । अघिल्लो कार्यकालमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएकी थिइन् ।
त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याईप्रति पनि उनले सरकारलाई सचेत गराइरहेकी थिइन् । ‘उनले विगतमा राम्रो भूमिका खेलेकाले उनलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ’ एक सांसदले भने ।
सभामुख पेलोसी थप दुई वर्षका लागि पुनः निर्वाचित भएकी हुन् । यो नै उनको अन्तिम कार्यकाल हुने सम्भावना रहेको छ । उनले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सबैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गरिन् । सभामुखमा उनका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उनले झिनो मतान्तरले पराजय भोग्नु परेको छ ।
औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीलाई २०९ मत प्राप्त भएको थियो । कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् ।
डेमोक्र्याटका तर्फबाटै राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित भएकी हुन् । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउँदै पद बहाली गराउने प्रचलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु