सरकारी निर्णयको विरोधमा उत्रिए उद्योगीहरु
काठमार्डौं । कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले विरोध गरेको छ । कृषिसँग सम्बन्धित विभिन्न सरोकारवालाले सरकारको त्यो निर्णय स्वदेशी लगानी विरुद्ध रहेको भन्दै त्यसको सामूहिक रुपमा विरोध गरेको छ । डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन, केन्दीय पशुपक्षी पालन सहकारी संघ लिमिटेड र नेपाल मत्स्य व्यवसायी संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका हुन् ।
नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुदाहुदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषद्ले कृषि क्षेत्रमा सर्तसहित प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने निर्णयले स्वदेश लगानीलाई प्रत्यक्ष असर परेको ती संस्थाका पदाधिकारीहरुले बताउँछन् । डेरी संघका महासचिव राजकुमार दाहालले कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला भएमा कृषि क्षेत्रमा आवद्ध व्यवसायीहरु समाप्त हुने दावी गरे ।
विदेशी लगानी भित्रिएपछि स्वदेशी व्यवसायीहरुको उद्यमशीलता विकासमा कुठाराघात हुने बताउँदै उनले विगतमा पनि कृषिमा विभिन्न माध्यमबाट वैदेशिक लगानी भित्र्याउने प्रयास भएको तर सरोकारबालाहरुले त्यसको विरोध गरेपछि फिर्ता भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चम्वर अफ कमर्श लगायत कृषि क्षेत्रमा आवद्ध सबै उद्योग व्यवसायीहरुको व्यापक असहमति तथा प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिती समेतले समेत विदेशी लगानीको विरोध गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुुमित केडियाले भने, जुन कुरा यसअघि फिर्ता भइसकेको थियो, संवैधानिक रुपमा अस्वीकृत भइसकेको थियो त्यसलाई अर्को बाटोबाट ल्याउने प्रयास भइरहेको छ, जसलाई कृषिमा लागेका स्वदेशी लगानीकर्ताहरुले कुनै पनि हालतमा स्वीकार गर्दैनन् ।’
सरकारले स्वदेशी उद्योग तथा लगानीकर्तालाई प्रवद्र्धन गर्ने नीति लिएको छ तर अर्कोतिर त्यसको घाँटी निमोठिने गरि निर्णय गर्छ, सरकारको यो दोधारे चरित्र भएको भन्दै उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई संशोधन तथा एकीकरण गर्र्न बनेको विधयेक २०७५ को दफा ३ उपदफा (२) विपरित मन्त्रीपरिषद्को निर्णय आएको बताए ।
कृषिको प्राथमिक तहमा विदेशी लगानी खुल्ला भयो भने एकातर्फ नीजि तथा सरकारी क्षेत्रको अर्बौ लगानी जोखिममा पर्ने सम्भावना रहेको बताउँदै उनले त्यसको नकरात्मक असर रोजगारीमा पर्न गई ग्रामिण क्षेत्रका किसानको हातमुख जोर्ने मुख्य आय आर्जन गर्ने बाटो पनि बन्द हुने दावी गरे ।
माहुरीपालनमा ४ अर्व, माछापालनमा करीव ११ अर्व, डेरी उद्योगमा ३० अर्व दाना तथा कुखुरापालनमा ४० अर्व गरी ८५ अर्बको लगानी भई करीव १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुमा रोजगारी सृजना भएको छ । यदि यस अवस्थामा विदेशी लगानी आयो भने यी कुरा तहस नहस हुने उनको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री