बागलुङका विभिन्न संघ संस्थाबाट बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित हुनुभएको छ ।
ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका ढकाललाई सोहि अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।
बागलुङकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा राख्नुभयो । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई बैंकर्स संघ बागलुङले सम्मान गरेको छ । कार्यक्रममा ढकालले पेशागत हिकहितको पक्षमा काम गर्ने बताएका थिए । सम्मान कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता, सचिव ओमप्रकाश पौडेलको सन्चलान, सदस्य सुदिप राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष (वेटिङ्ग प्रेसिडेन्ट) मा निर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुगेका हुन् । उक्त अवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिनेगरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’