बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल पक्षले हटायो गण्डकी प्रदेशका तीन जना पदाधिकारी

सोमबार, २० पुस २०७७, १८ : २९
सोमबार, २० पुस २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड -माधव नेपाल पक्षले गण्डकी प्रदेशका तीन जना पदाधिकारीको जिम्मेवारी खोसेको छ । सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले गण्डकी प्रदेशका इन्चार्ज, सहइन्चार्ज र सचिवलाई जिम्मेवारीबाट हटाएको हो ।

पार्टीमा विभाजन देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी र प्रदेश कमिटी सचिव गोविन्द नेपालीलाई  प्रचण्ड- नेपाल पक्षले जिम्मेवारीबाट हटाएको छ ।

उनीहरुलाई हटाएसँग गण्डकी प्रदेशको इन्चार्जमा देवेन्द्र पौडेल, सहइन्चार्जमा तुलबहादुर गुरुङ र सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप