कतार एयरवेजद्वारा सियटलको उडान जनवरी २९ देखि गर्ने
सोमबार, २० पुस २०७७, १७ : ४९

दोहा । कतार एयरवेजले आफ्नो सियटलको चार साप्ताहिक उडान सुरुवात गर्ने मार्च १५ देखि २०२१ जनवरी २९ सार्ने घोषणा गरेको छ ।
एयरलाइनले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ ।
कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् ।
क्युसुइट सिटको लेआउट १–२–१ कन्फिगरेसन रहेको छ जसले यात्रुहरूलाई सामाजिक दुरी सहित आरामदायक बिजनेस क्लास अनुभव प्रदान गर्दछ ।
साथै, सम्पूर्ण सिएटल उडानहरूमा उपलब्ध सुपर वाइफाइ कनेक्टिभिटीको सेवाले यात्रुहरू परिवार, साथीभाई तथा सहकर्मीको सम्पर्कमा रहन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’