सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्काको नाममा कम्पनी, ६५ करोडको करछली : १० जनाविरुद्ध मुद्दा दायर

सोमबार, २० पुस २०७७, १७ : ४४
सोमबार, २० पुस २०७७

काठमाडौं  । कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा कम्पनी दर्ता गरेर ६५ करोड रुपैयाँ करछली गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाही जिल्लाको धनकौल गाउँपालिका घर भएका प्रदीप साहलाई मुख् व्यक्ति करार गर्दै १० जनाविरुरुद्ध राजश्व अपचलनको आरोपमा मुद्दा चलाएको हो । उनीहरुविरुद्ध कुल ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैयाँ बिगो र बिगोको दोब्बरसम्म मागदाबी र कैद सजायको माग गर्दै सोमबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । 

साह सहितका ती व्यक्तिले २०७३÷७४ देखि २०७५÷७६ सम्ममा मूल्य अभिवृद्धि करतर्फ २२ करोड ४९ लाख ६९ हजार, आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार तथा लाभांश करतर्फ ५ करोड २० लाख ४५ हजार अपचलन गरेको विभागको दाबी छ । 

ती व्यक्तिहरुले अर्काको नाममा १३ वटा फम दर्ता गरेर करछलीको यस्तो कारोबार गर्दै आएका थिए । फर्मको दर्ता अर्काको नाममा गरे पनि बैंक खातामा भने आफ्नै हस्ताक्षर राखेर कारोबार गर्दै आएको विभागले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप