मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
नयाँबजार सडकखण्डबाट धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाइकल एक वर्षअघि काठमाडौँको ठमेल स्थित भगवानबाहालबाट हराएको थियो ।
त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वनर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल रानिवन बस्ने वर्ष २४ का लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्वरको मोटरसाईकल मंसिर १४ गते बनस्थलीबाट हराएको थियो ।
महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !