प्रदेश २: नेकपा संसदीय दलको बैठक भोलि, संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने
सोमबार, २० पुस २०७७, १६ : ०७

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पश्चात पहिलोपटक सो पार्टीको प्रदेश नम्बर २ संसदीय दलको बैठक बस्ने भएको छ । प्रदेश २, प्रदेशसभाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षले बैठक बोलाएको जनाइएको छ ।
प्रदेशसभा सदस्य शत्रुधन महतोले दिएको जानकारी अनुसार संसदीय दलका उपनेता रामकुमार यादव समक्ष संसदीय दलका नेता मण्डलविरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्तावपत्र अनुसार मंगलबार संसदीय दलको बैठक बोलाइएको हो ।
संसदीय दलका नेता मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षका १९ जना सांसदले अविश्वासको प्रस्तावमा दर्ता गराएका थिए । सो पक्षले अविश्वास प्रस्ताव सहजै पारित हुने अवस्था रहेको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही