पूजा र पलले मिलाए ‘मनसँग मन’
काठमाडौं । कोरोनाको कहर कायमै रहेपनि फिल्म क्षेत्र विस्तारै फर्किन थालेको छ । हलहरु खुलेका छन् भने फिल्महरु धमाधम छायाँकनका लागि निस्कन थालेका छन् । कोरोनाको कारण रोकिएको फिल्म ‘मनसँग मन’ को आफ्नो छायाँकन सुरु गरेको छ । सोमबार फिल्मको बालाजुस्थित चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायाँकन गरिएको छ ।
डेभिड शंकर र भावना राइको स्वर, दीपक शर्माको संगीत तथा विपिन किरणको शब्द रहेको गीत कलाकार पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्दि तामाङमाथि छायाँकन गरिएको छ । गीतमा पल शाह, पूजा शर्मा र रविन्द्र झा अतिथिको रुपमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।
कैलाश राइको निर्देशन, सौरभ लामाको छायाँकन, अरुण तामाङको लगानी रहेको फिल्ममा अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको फिल्ममा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
यतिबेला हामीले एकअर्कालाई सहयोग गर्ने बेला रहेकोले अतिथि कलाकारको रुपमा गीतमा अभिनय गरेको कलाकार पलले बताए । पूजा भने फिल्म युटिलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भनेर आफू जोडिएको बताइन् । फिल्मको प्रदर्शन मिति अहिले तय भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन