शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

सोमबार, २० पुस २०७७, १४ : २५
सोमबार, २० पुस २०७७

चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । 

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् । 
पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप