अमेरिकी अन्तर्राष्ट्रिय कम्पनीमा राजा घले सद्भावना दूत
सोमबार, २० पुस २०७७, १४ : ००
काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरस्थित प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनी वल्र्डवाइड युनिभर्सल इनह्यान्स क्रिएटर्सले सामाजिक अभियन्ता राजा घलेलाई सद्भावना दूत बनाएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले यस्तो घोषणा गरेको हो ।
यस कम्पनीमा सद्भावना दूत नियुक्त हुने घले पहिलो नेपाली हुन् । घले नेपाल सरकारका लागि अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रको पर्यटन दुतसमेत हुन् । उनी विभिन्न संस्थाहरुमार्फत सामाजिक अभियान र व्यवसायमा संलग्न छन् । घले नेप्लिज एसोसिएन इन साउथइस्ट अमेरिकाका प्रथम निर्वाचित अध्यक्ष तथा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यव परिषदका पूर्व सदस्य रहिसकेका छन् ।