आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ छन् ज्याक मा ? : चीन सरकारको आलोचनापछि दुई महिनादेखि गायब !

सोमबार, २० पुस २०७७, १३ : ३२
सोमबार, २० पुस २०७७

चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

ज्याकले नयाँ कुराहरु सुरु गर्ने प्रयासलाई दबाउनको साटो व्यवस्थामा परिवर्तन ल्याउन चीन सरकारसँग अपिल गरेका थिए । उनले वैश्विक बैंकिङ नियमहरुलाई ‘बुढाहरुको क्लब’ को संज्ञा दिएका थिए । उनको भाषण पछि चीनको सत्तारुढ पार्टी उनीबाट रुष्ट बनेको थियो ।

सन् २०२० को नोभेम्बर चिनियाँ अधिकारीहरुले उनको एन्ट ग्रुपको ३७ अर्ब डलरको आईपीओ निलम्बित गरेको थियो । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार यो आदेश चिनियाँ राष्ट्रपति सी जिनपिङको तर्फबाट आएको थियो । त्यसपछि ज्याकलाई अलिबाबा ग्रुपमाथि भइरहेको अनुसन्धान पुरा नभएसम्म देश नछाड्न आदेश दिइएको थियो ।

यस मामिलापछि ज्यान आफ्नो टिभी शो ‘अफ्रिका बिजनेस हिरोज’ बाट नोभेम्बरको फाइनलको ठीक अघि गायब भए । उक्त कार्यक्रमबाट उनको तस्विर पनि हटाइयो । अलिबाबा ग्रुपका प्रवक्ताले कार्यक्रमसँग अन्य कार्यक्रमको समय जुधेका कारण ज्याक उपस्थित हुन नसकेको बताए ।

यद्यपि, फाइनलको केही हप्ता अघि मात्र ज्याकले ट्वीट गर्दै आफू सबै प्रतियोगीहरुसँग भेट्न प्रतिक्षारत रहेको बताएका थिए । त्यसयता उनको ट्वीटर एकाउन्टबाट पनि केही पोष्ट भएको छैन । उनले अन्तिम पोष्ट १० अक्टुबरमा गरेका थिए ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप