कहाँ छन् ज्याक मा ? : चीन सरकारको आलोचनापछि दुई महिनादेखि गायब !
चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता छन् । ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको समाचारमा उल्लेख गरिएको छ । यस घटनापछि उनी पछिल्लो दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
ज्याकले नयाँ कुराहरु सुरु गर्ने प्रयासलाई दबाउनको साटो व्यवस्थामा परिवर्तन ल्याउन चीन सरकारसँग अपिल गरेका थिए । उनले वैश्विक बैंकिङ नियमहरुलाई ‘बुढाहरुको क्लब’ को संज्ञा दिएका थिए । उनको भाषण पछि चीनको सत्तारुढ पार्टी उनीबाट रुष्ट बनेको थियो ।
सन् २०२० को नोभेम्बर चिनियाँ अधिकारीहरुले उनको एन्ट ग्रुपको ३७ अर्ब डलरको आईपीओ निलम्बित गरेको थियो । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार यो आदेश चिनियाँ राष्ट्रपति सी जिनपिङको तर्फबाट आएको थियो । त्यसपछि ज्याकलाई अलिबाबा ग्रुपमाथि भइरहेको अनुसन्धान पुरा नभएसम्म देश नछाड्न आदेश दिइएको थियो ।
यस मामिलापछि ज्यान आफ्नो टिभी शो ‘अफ्रिका बिजनेस हिरोज’ बाट नोभेम्बरको फाइनलको ठीक अघि गायब भए । उक्त कार्यक्रमबाट उनको तस्विर पनि हटाइयो । अलिबाबा ग्रुपका प्रवक्ताले कार्यक्रमसँग अन्य कार्यक्रमको समय जुधेका कारण ज्याक उपस्थित हुन नसकेको बताए ।
I am honored to partner with HRH The Duke of Cambridge @KensingtonRoyal & other global leaders and organizations to support the @EarthshotPrize and tackle the environmental challenges we all face. Together, we can protect our planet from climate change! https://t.co/0ax1imIZMC pic.twitter.com/EN6yissNGI
— Jack Ma (@JackMa) October 10, 2020
यद्यपि, फाइनलको केही हप्ता अघि मात्र ज्याकले ट्वीट गर्दै आफू सबै प्रतियोगीहरुसँग भेट्न प्रतिक्षारत रहेको बताएका थिए । त्यसयता उनको ट्वीटर एकाउन्टबाट पनि केही पोष्ट भएको छैन । उनले अन्तिम पोष्ट १० अक्टुबरमा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण