आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको अध्यक्षतामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

सोमबार, २० पुस २०७७, १२ : १२
सोमबार, २० पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको स्थायी कमिटीको बैठक  सुरु भएकोे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा १२ बजेबाट  बैठक सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार पत्नी सीता दाहालको उपचार गर्न अध्यक्ष प्रचण्ड भारत गएकाले बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका छन् । 

आजको बैठकमा पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले लिएका निर्णयमाथि थप विमर्श हुने उनको भनाइ छ ।

नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ ।

कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने भनिएकाले कार्यदलमा रहने सदस्यलगायत विषयमा छलफल हुने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप