प्रतिनिधिसभा विघटनविरूद्ध सशक्त प्रदर्शनका लागि तरूण दलको परिपत्र

काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरूण दलले संसद विघटनविरुद्ध माउ पार्टीद्वारा घोषित विरोध प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन मातहतका जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।
काँग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । यस्तै काँग्रेसले घ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ ।
उक्त कार्यक्रमलाई प्रभावकारी र शशक्त बनाउन आफ्ना मातहतका जिल्ला कार्यसमितिहरूलाई तरुण दले निर्देशन दिएको हो ।
तरूण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै काँग्रेसले घोषणा गरेका प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन निर्देशन दिए हुन् ।
‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि तरूण दलको जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी सबै तह, तप्का र निकायका तरुणलाई सक्रिय रुपले सहभागी गर्न र गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ,’परिपत्रमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी