शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जाडोमा छालालाई स्वस्थ राख्न पिउनुस् यो पेयपदार्थ

सोमबार, २० पुस २०७७, ११ : ३३
सोमबार, २० पुस २०७७

एजेन्सी । छाला सुन्दर र चम्किलो बनाउन खानपानमा ध्यान दिन जरुरी छ । ताजा फलफूल, सागसब्जीले छालालाई स्वस्थ राख्न अहम भूमिका निर्वाह गर्ने गर्छ । तर, जाडोमा छालासम्बन्धी समस्याहरु पैदा हुने गर्छन् । जाडोमा छालालाई स्वस्थ राख्न विभिन्न उपायहरु अपनाउने गरिन्छ । 

यसमध्ये केही पेयपदार्थ छन् जसले छालालाई चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । ती पेयपदार्थले छाला मात्र होइन सम्पूर्ण शरीरलाई समेत स्वस्थ राख्ने गर्छ । 

जाडोमा छालालाई सुन्दर र चमकदार बनाउन तीन प्रकारका चीजहरु मिसाएर पेयपदार्थ निर्माण गर्न सकिन्छ । यसका लागि टमाटर, धनिया र अदुवाको आवश्यकता पर्छ । टमाटर र अदुवा छालाका लागि निकै फाइदाजनक मानिन्छ । 

कसरी तयार गर्ने ? 
एक चम्चा अदुवाको रस, दुई चम्चा धनिया र एउटा टमाटर लिने । सबैलाई मिसाएर पिस्ने । र हरेक बिहान ताजा बनाएर पिउने । धनियाँ, टमाटर र अदुवाको मिश्रणले छालालाई ठिक राख्ने र चम्किलो पनि बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले ब्ल्याकहिट्स र ह्वाइटडेट जस्ता छालामा आउने समस्यालाई पनि कम गर्छ । अदुवाले छालामा स्किन टोनको राम्रो बनाउन मद्दत गर्छ । 

स्वास्थ्यका लागि पनि फाइदाजनक 
यस ताजा पेयपदार्थले अन्य थुप्रै फाइदाहरु पुर्याउँछ । टमाटरमा फोलेट, भिटामिन सी, पोटाशियम, भिटामिन र अन्य तत्वहरु पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप