मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

भूमिहीन दलितको लगत संकलन सुरु, गलत विवरण टिपाए कारबाही गर्ने मन्त्री तुम्बाहाङ्फेको चेतावनी

सोमबार, २० पुस २०७७, १० : ४०
सोमबार, २० पुस २०७७

देशभरका स्थानीय तहमार्फत भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु भएको छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

सुकुम्बासी दलितलाई जग्गा घर दिने कार्यक्रम अन्तर्गत सम्झौता भएका स्थानीय तहमार्फत लगत संकलनका लागि निर्देशन दिएको उनले बताइन् ।

उनले  भनिन्–‘भूमिहीन सुकुम्बासीका लागि घर बनाइदिने, जग्गा दिने, सुकुम्बासीका लागि पूर्जा दिने योजना अन्र्तगत यो कार्यक्रम सुरु गरिएको हो । यसका लागि भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । सूरुमा स्थानीय तहले लगत संकलन गर्छ र त्यसपछि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्छ । यसका लागि तीब्र गतिमा काम गर्न भनेको छु ।’

उनले घर जग्गा जमिन भएर पनि झुटो विवरण पेश गरे, कसैले ढाँट छलछाम गरे कानून बमोजिम कारवाही गर्ने बताइन् । यसबारे मोरङमा अहिले अन्तर्क्रिया गरिरहेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप