शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

सोमबार, २० पुस २०७७, ०९ : ४०
सोमबार, २० पुस २०७७

अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टले यसबारे जानकारी दिएको हो । 

सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् । 

उनलाई ८ दिनपछि अर्थात् जनवरी १२ मा इन्डियानामा घातक सुई लगाएर मृत्युदण्ड दिइँदैछ ।   

यसअघि अन्तिम पटक मृत्युदण्ड पाउने महिला बनेकी थिइन् बोनी हेडी ।  उनलाई सन् १९५३ मा मिसौरीमा ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरले जानकारी दिएको छ । 

अमेरिकाको अटोर्नी जनरल विलियम बारले यसलाई जघन्य अपराधको सूचीमा राखेका छन् । 

गत वर्ष अमेरिकाको सरकारले मृत्युदण्डको यो निर्णय यथावत् हुने बताएको थियो । 

को हुन् लिसा मोन्टगोमेरी ?

लिसाले सन् २००४ मा कान्सासबाट मिसौरीस्थित  बुबी जो स्टिनेटको घरसम्म ड्राइभ गरिन् । डिपार्टमेन्ट अफ जस्टिस प्रेस रिलिजका अनुसार उनको मुख्य उद्देश्य कुकुर किन्नु थियो  ।

‘मोन्टगोमेरीले स्टिनेटलाई उनको घरभित्र आक्रमण गरिन् । उनी आठ महिनाकी गर्भवती  थिइन् । सुरुमा उनले स्टिनेन्टलाई बेहोस् हुनेगरी आक्रमण गरिन्,’ यसमा भनिएको छ । 

‘किचनको चक्कू प्रयोग गरेर मोन्टगोमेरीले स्टिनेटको पेट काटिन्, यत्तिकैमा उनको होस् खुल्यो ।  त्यसपछि स्टिनेटले संघर्ष गर्न थालिन् । अन्ततः मोन्टगोमेरीले स्टिनेटको घाँटी थिची हत्या गरिन् । मोन्टगोमेरीले त्यसपछि स्टिनेटको शरीरबाट बच्चा निकालिन् र आफ्नै बच्चा भएको भनेर त्यहाँबाट निस्कन खोजिन् ।’

सन् २००७ मा मोन्टगोमेरीलाई अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिइयो । 

यद्यपि, मोन्टगोमेरीका वकिलले उनीमाथि वाल्यकालमा अत्यधिक कुटपिट भएकोले दिमागमा क्षती पुगेको र उनको मानसिक अवस्था पनि ठिक नभएकोले मृत्युदण्ड दिन नहुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप