बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

सोमबार, २० पुस २०७७, ०७ : ०९
सोमबार, २० पुस २०७७

काठमाडौं । फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’

विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।

नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । उनीहरुलाई गौशाला प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेज नारायण महतो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुर  घर भएका रोशन प्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोक घर भएका माइला तामाङ छन् । उनीहरुको साथबाट ह्याम्स अस्पताल र सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरी काठमाडौँको नक्कली पीसीआर रिपोर्ट प्रहरीले बरामद गरेको छ ।  ६ जनाको साथमा ह्याम्स र एकजनाको साथमा सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरीको रिपोर्ट फेला परेको हो ।

मेनवार कम्पनीमार्फत ‘घुम्ने बहाना’मा दुबई जान लागेकाहरुले मेनपावर एजेन्टले नै पीसीआर रिपोर्ट बनाएर दिएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

स्वास्थ्य प्रोटोकलका कारण पीसीआर जाँच गरेको ७२ घण्टाभित्र एक देशबाट अर्को देशको गन्तव्यमा पुगिसक्नुपर्छ । सो नियम छल्न मेनपावर एजेन्टले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप