शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन राशिको शत्रु परास्त, कसको मान सम्मानमा वृद्धि ? हेरौं सोमबारको राशिफल

सोमबार, २० पुस २०७७, ०६ : ०२
सोमबार, २० पुस २०७७

विसं. २०७७ साल पौष २० गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–षष्ठी, ५५ घडी ०० पला, रातको ०४ बजेर ५७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पूर्वाफाल्गुनी, ३० घडी २४ पला, बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–आयुष्मान, ०३ घडी ४१ पला, बिहान ०८ बजेर २५ मिनेट उप्रान्त सौभाग्य । करण–गर, बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । 

चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २५ घडी ५८ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृढड हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत् मनग्ने धन संग्रह गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धाहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा, मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्ययम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईंको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला, अरुको सल्लाह तथा सुझाव मान्दा व्यापार व्यवसायमा लगानी फस्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजनसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयाँपैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि भने समय मध्यम रहेको छ । अग्रज तथा आफन्तको सुझावलाई मान्दै अगाडि बढे चाहेको गन्तव्य पहिल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सरकारी तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ भने व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरु लाभ हुने योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गीत सङ्गीतमा  रुची बढ्ने हुँदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गती सँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाज जोगाउन समय लगानी गर्नुपर्ने हुनसक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
 
आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवनसाथीसँग रमाईलो यात्रा तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । तरपनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा शत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेको छ ।  

तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप