बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा राष्ट्रिय रक्षा कानून संशोधन

सोमबार, २० पुस २०७७, ०० : ०४
सोमबार, २० पुस २०७७

एजेन्सी । चीनले आफ्नो रक्षा कानून संशोधन गरेको छ । आफ्नो केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति विस्तार गर्ने तयारीसँगै चीनले राष्ट्रिय रक्षा कानूनमा संशोधन गरेको हो । यो संशोधनले सिएमसीलाई पूर्ण निर्णय गर्ने अधिकार प्रदान गर्ने जनाइएको छ । यसले सैन्य नीति तर्जुमा गर्ने सवालमा राज्य परिषदको भूमिकालाई कमजोर पारेको टिप्पणी गरिएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार २६ डिसेम्बरमै रक्षा कानूनमा संशोधन गरिएको हो । पूरानो कानूनमा ५० भन्दा बढी संशोधन गरिएको जनाइएको छ ।  पोष्टका अनुसार २ वर्षको गम्भिर छलफलपछि राष्ट्रिय जनकँग्रेसमा पारित भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप