बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो
लन्डन । आइतबार दिउँसोसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको सरकारी तथ्यांकमा उल्लेख छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकसाताभित्र मात्रै चार हजार दुई सय भन्दा बढीको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको हो । आइतबार सार्वजनिक हुने मृतक संख्या गतवर्ष अप्रिल पछिकै सबैभन्दा बढी भएको बताइएको छ । सामान्यतया वीकेन्डमा सार्जवनिक गरिने तथ्यांक अन्य दिनहरुको तुलनामा केहि कम हुने गर्दछ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । पछिल्ला ६ दिनमा संक्रमितको संख्या ५० हजार भन्दा बढी रहँदै आएको छ । गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार चार सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अहिले बेलायतका अस्पतालमा झन्डै २४ हजारको उपचार भैरहेको छ भने एक हजार आठ सयको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा कोरोना संक्रमणको डर तीव्र रुमा बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि प्रथामिकताकासाथ अघि बढाइएको छ । हालसम्म झन्डै दश लाख मानिसले फाइजर-बायोएनटेकको खोप लगाइसकेका छन् । जनवरी ४ तारिखबाट बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले एष्ट्राजेनेका कम्पनीसँग मिलेर बनाएको कोरोनाविरुद्धको खोप वितरण कार्यको तयारी हुदैछ । गत बुधबार ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले यो खोपलाई अनुमति प्रदान गरेपछि सोमबारबाट प्राथमिकताका आधारमा करिब पाँच लाख तीस हजार पहिलो डोज खोप वितरण गरिने भएको छ ।
बेलायतले ५० मिलियन मानिसका लागि सय मिलियन (१० करोड) डोज अक्सफोर्ड खोप सुरक्षित गरिसकेको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन गर्न सहज हुनुका साथै सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न सकिनेछ । अर्को खोपको तुलनामा यो करिब ५ गुणा कम खर्चिलो पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?