शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

आइतबार, १९ पुस २०७७, २१ : ५४
आइतबार, १९ पुस २०७७

कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उनले बताए ।

पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिए । उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप