म्युजिक भिडियोबाट नेपाललाई ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ प्राप्त
काठमाडौं । नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो ।
गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने जोड दिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले भिडियोका निर्देशक माधवराज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईलाई गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र बितरण गरेका थिए ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी, बरिष्ठ कलाकार उत्तम के.सी लगायतको उपस्थिति रहेको कार्यक्रममा भिडियो निर्माणमा सहयोग गर्ने श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, गोपाल ढकाल (छन्दे)लगायत करिव दर्शन बढी ब्यक्तिलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण