बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धनुषामा रघुवीर महासेठलाई देखाइयो कालो झण्डा

आइतबार, १९ पुस २०७७, २० : ४५
आइतबार, १९ पुस २०७७

जनकपुर । नेकपा केपी ओली समूहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ ।

उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएको हो ।

श्रीमतीलाई मन्त्री पद दिलाउन प्रधानमन्त्री ओली तर्फ लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा महासेठले कालो झण्डाको समामना गर्नु परेको छ ।  संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।

त्यसपछि ओली महतोलाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिएका थिए । ओली पक्षमा लागेर संसद विघटन गर्नेलाई सघाएको भन्दै महासेठका समर्थकहरुले  बटेश्वर गाउवासीलाई भेटघाट गर्न आएको बेला स्थानीय बजार नजिक उनलाई कालो झण्डा देखाएका थिए ।

नेकपाका माधव प्रचण्ड पक्षका स्थानीय नेता कुशेश्वर महतो, कृष्णकुमार महतो, रामुकमार महतो, राजकुमार महतो, रामकुमार पासवान लागायतले कालो झण्डा देखाउँदै उनी विरुद्ध प्रदर्शन समेत गरेका थिए ।


महासेठ निर्वाचित धनुषाको बटेश्वर गाउलेले महासेठ ओली  समुहमा लागेपछि अधिकांश नेता तथा कार्यकार्ता उनको विपक्षमा उभिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप