पत्नी सीतालाई लिएर प्रचण्ड सोमबार भारत जाने
आइतबार, १९ पुस २०७७, २० : २४

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् । प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन ।
पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल