बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको समर्थनमा ओखलढुंगामा पनि प्रदर्शन

आइतबार, १९ पुस २०७७, १८ : ५५
आइतबार, १९ पुस २०७७

–रामहरि श्रेष्ठ 
ओखलढुंगा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको पक्षमा नेकपा ओली समूहले ओखलढुंगामा शक्ति प्रदर्शन गरेको छ ।  नेकपाको साविक केन्द्रिय कमिटी सदस्य किशोर अधिकारीसहित ओलि समूहका केन्द्रिय सदस्यमा मनोनित नानीबाबु बुढाथोकी, मोहकुमार श्रेष्ठ, शकुन्तला राजभण्डारी, बालकृष्ण ढुंगेल र अम्बिरबाबु गुरुङको अगुवाइमा बृहत प्रदर्शन गरिएको हो ।

जिल्ला सदरमुकामको रमाइलो डाँडाबाट शुरु भएको र्याली नगरपालिका हुँदै खाद्य संस्थान पुगेर बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको हलमा आएरु सभामा परिणत भएको थियो ।  र्याली सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको संसद विघटनको पक्षमा नारा लगाएका थिए । बजारको विभिन्न चोकमा भएको कोणसभा र समन्वयको हलमा भएको सभाका वक्ताहरुले प्रचण्ड–माधव पक्षलाई पार्टी नभएर झुण्ड भएको र चाँडै विभाजन हुने दावी गरेका थिए ।
सूर्य चिन्ह र नेकपा आफुहरुको भएको भन्दै वक्ताहरुले जनताको बहुदलीय जनवाद र सूर्य चिन्हलाई माया गर्नेहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कोष सभामा सिताराम गुरुङ, तीर्थ सुवेदी, केदारबाबु बस्नेतलगायतले सम्बोधन गर्दै पार्टी एकतामा नलागेको, प्रधानमन्त्रीको विपक्षमा, माधव–प्रचण्ड पक्षमा लागेको भन्दै जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारको चर्काे आलोचना गरेका थिए ।

सुनुवार माधव नेपाल निकट नेता हुन् । एक हजार हाराहारीका समर्थक सहभागी भएको आमसभामा शंकर कट्वाल, मोहनकुमार श्रेष्ठ, लगायतले यज्ञराज सुनुवारको राजनीतिक हैसियत सकिएको बताएका थिए ।  वक्ताहरुले संसद विघटनको औचित्य र आवश्यकताका बारेमा कार्यकर्तालाई बताएका थिए ।

केन्द्रिय सदस्यहरु किशोर अधिकारी, शकुन्तला राजभण्डारी, नानीबाबु बुढाथोकी,  अम्बीरबाबु गुरुङ र बालकृष्ण ढुंगेल लगायतले आहिलेको अवस्थामा केपी ओली मात्रै देशभक्त नेता भएको र ओलिको नेतृत्वमै देशमा समृद्धि आउने दावी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप