शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजका विद्यार्थीहरुलाई निःशुल्क ल्यापटप र डाटा प्याकेजको सुविधा !

आइतबार, १९ पुस २०७७, १७ : ५६
आइतबार, १९ पुस २०७७

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी)ले अहिलेको नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरूको लागि नयाँ ल्यापटप र इन्टरनेट डाटा प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । विद्यार्थीहरुलाई अनलाइन शिक्षाको सहज पुहँचका लागि कलेजले नयाँ ल्यापटप तथा डाटा प्याकेज उपलब्ध गराउन सुरुवात गरेको जनाएको छ । 

कोरोना महामारी शुरू भएदेखि नै विद्यार्थीहरूको स्वास्थ्यलाई लिएर निकै गम्भीरता अपनाएको कलेजले सुरक्षित वातावरण नबनेसम्म अध्यापन प्रणाली अनलाइन प्लेटफर्ममा पूर्ण व्यवस्थितका साथमा सुचारु गरिरहेको बताएको छ ।

विद्यार्थीहरुको सिकाई अत्यन्त महत्वपूर्ण भएका कारण अध्यापन टोलीले सजिलैसँग कक्षा सञ्चालन सुनिश्चित गर्न कडा मेहनत गरिरहेको छ । सबै संकायको पढाई पूर्ण रूपमा नयाँ शैली र दक्ष जनशक्तिबाट दिने प्रयासमा कलेज सक्षम देखीएको छ । गुणस्तीय शिक्षा प्रदान गर्न कलेज सदा प्रतिबद्ध रहेको छ ।

सही र उपयुक्त उपकरण र इन्टरनेटको पहुँचबिना यो महामारीका बीच सरल र सहज रुपमा अध्ययन गर्न कठिन अवस्था हो । विद्यार्थीको अध्ययनमा कुनै असहजताको प्रभाव नपार्नको लागि ब्रिटिश कलेजले भर्खरै भर्ना गरिएको स्नातक तहका विद्यार्थीहरूलाई नयाँ ल्यापटप प्रदान गर्न सुरु गरेको हो ।

यो प्रक्रिया अन्तर्गत उनीहरूले वार्षिक भुक्तानी योजना छनौट गर्नेछन् । यसबाहेक, यस प्रोमोशनका लागि योग्य हुने विद्यार्थीहरूले ६ महिनाको मोबाइल डाटा प्याकेज पनि प्राप्त गर्नेछन् ।

विद्यार्थीहरूको लागि कुनै अतिरिक्त खर्च नलाग्ने कलेजले जनाएको छ । यसले विद्यार्थीहरुलाई उनीहरूको कक्षाबाट सही सुविधाहरु प्राप्त गर्न सक्नेछन् र आफ्नो असाइनमेन्ट पूरा गर्न सक्नेछन् । यसबाहेक यसले सही इन्टरनेट जडानको पनि सुनिश्चितता गर्छ । कुनै पावर कटौती वा आईएसपी जडान समस्याहरूको कारणले बाधा उत्पन्न नहुने कलेजले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप