शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री मौसमी मल्ललाई ब्लकबस्टर सम्मान

आइतबार, १९ पुस २०७७, १६ : ५३
आइतबार, १९ पुस २०७७

काठमाडौं । अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’मा मल्ललाई सो सम्मान दिइएको हो ।

तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्दै  मल्ललाई सम्मान गरिएको हो । ली चलचित्रलाई पुर्याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।

‘कामले म सधैं नम्बर वान नै रहेँ, तर चलचित्र क्षेत्रले मलाई कहिले सम्झिएन, आज छोराका उमेरका दुई युवा अभिनेताहरु (एसराज गराज तथा दिक्पाल कार्की) ले आफ्नो पहिलो समारोहमै मलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा म खुशी भएकी छु’ अभिनेत्री मल्लले सो अवसरमा भनिन् ।

अभिनेत्री मल्लले चलचित्र झुमाको गीत ‘बोल बोल...’ मा नृत्य पनि गरेर समेत देखाएको कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलाई सदावहार सांगीतिक जोडी र पत्रकार कृष्ण भट्टराईलाई उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरियो ।

ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न आयोजित समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जक तथा श्रृजना समेत पुरस्कृत भएका थिए । आयोजक संस्थाले दिएको जानकारीअनुसार समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जक तथा श्रृजनालाई पुरस्कृत गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप