शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४० कटेसी रोग प्रतिरोधी क्षमता बढाउन खानुहोस् यी ८ खानेकुराः मुटु–दिमाग दुरुस्त, हड्डी पनि मजबुत

आइतबार, १९ पुस २०७७, १५ : ५४
आइतबार, १९ पुस २०७७

महिला र पुरुषको बढ्दो उमेरमा निकै भिन्नता हुन्छ । बढ्दो उमेरसँगै महिलाको मेटाबोलिजम सिस्टम र मांसपेशी तीब्र रुपमा कमजोर हुन्छ । महिनावारी रोकिनेजस्ता शारीरिक परिवर्तनका कारण पनि आधा उमेर कटेपछि तौल बढ्ने, मुड स्विङ्ग हुनेलगायतका समस्या बढ्ने गर्छ । विशेषज्ञका अनुसार ४० वर्षपछि महिलाले आफ्नो प्रतिरोधी क्षमता र मेटाबोलिजमलाई दुरुस्त राख्न सकेको खण्डमा यस्ता समस्याबाट पार पाउन सकिन्छ । यसका लागि ४० वर्षभन्दा बढी उमेरका महिलाले आफ्नो खानामा केही विशेष खानेकुरा समावेश गर्नुपर्छ । 

चिया सीडः

फाइबर, ओमेगा–थ्री फ्याटी एसिड, म्याग्नेसियमले भरपुर चिया सीडले हड्डी बलियो बनाउनुका साथै शरीरले प्लान्ट बेस्ड प्रोटिन पनि पाउँछ । बिहानको खानामा वा ओटमिलसँग खाना यसको न्यूट्रिशनल भ्यालू अत्यधिक बढ्ने गर्छ जसले तपाईंको प्रतिरोधी क्षमता वृद्धि गर्ने काम पनि गर्छ । 

बदाम–ओखरः

बढ्दो उमेरसँग हरेक महिलाले आफ्नो खानामा बदाम–ओखर समावेश गर्नुपर्छ । हेल्दी फ्याट, प्रोटिन र फाइबरले भरपुर नट्सले रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । साथै, यसले तौल कम गर्न पनि सहयोग गर्छ । 

स्याउः

दैनिक बिहान एउटा स्याउ खाँदा मानिसको शरीरका विभिन्न रोग नष्ट हुन्छ । स्याउले लामो समयसम्म भोक नियन्त्रण र्गछ भने यसलाई आफ्नो डेली डाइटमा समावेश गर्दा मुटुरोगसँग सम्बन्धित खतरा पनि कम हुन्छ । स्याउले हाम्रो लागि इम्यूनिटी बुस्टरको रुपमा काम गर्छ  ।

अमिलो फलफूलः

सुन्तला, अंगुर र कागतीजस्ता अमिलो फलफूलमा एन्टी अक्सिडेन्ट्स पाइन्छ । यसमा भएको फाइबर, भिटामिन सी र विभिन्न प्रकारका पौष्टिक तत्व हाम्रो दिमागका लागि निके राम्रो हुन्छ । मोटोपना र हृदय रोगको मामिलामा पनि अमिलो फलफूल निकै फाइदाजनक मानिन्छ । 

अण्डाः

महिलाको शरीरमा भिटामिन डी र आइरन दुबैको निकै कमी हुनछ । अण्डा महिलाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा प्रोटिनको भरपुर मात्रा हुनुका साथै यसले कोलेस्ट्रोलको स्तर घटाउनुका साथै मुटुरोगको खतरा कम गर्दै मोटोपना पनि नियन्त्रण गर्छ । 

ओयली फिशः

साल्मन नामको माछामा हेल्दी ओयल पाइन्छ जसको सेवन महिलाले नियमित रुपमा गर्नुपर्छ । यो ओयल महिलाको शरीरमा जेनेरेट हुने आवश्यक हर्मोनको उत्पादनको हिसाबले पनि निकै जरुरी छ । वास्तवमा ओयली फिशमा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । यो हाम्रो प्रतिरोधी क्षमताका लागि मात्रै नभई यसले मुटु, दिमाग र जोर्नीलाई पनि दुरुस्त राख्न सहयोग गर्छ । 

गाजरः

भिटामिन एले भरपुर गाजर प्रतिरोधी क्षमताका साथै हाम्रो छाला र आँखाका लागि पनि राम्रो हुन्छ । यसमा पाइने फाइबर र एक विशेष तत्वले हाम्रो अनुहारबाट डार्क स्पट, चाउरीपन र एक्नेको समस्यालाई टाढा राख्न सहयोग गर्छ । 

दहीः

दही क्याल्सियम र प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । यसमा भएको गुणकारी तत्वले हाम्रो शरीरलाई विभिन्न प्रकारले फाइदा पुर्याउँछ । यो हाम्रो प्रतिरोधी क्षमताका लागि निकै उत्कृष्ट खानेकुरा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप