शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

आइतबार, १९ पुस २०७७, १५ : ३६
आइतबार, १९ पुस २०७७

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका थिए । दिउँसो १ बजेलाई बोलाइए पनि दिउँसो तीन बजेबाट सुरु भएको बैठकले उक्त सहमति सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले माघ ३ गते ७५३ गाउँपालिका,  माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । 

 त्यस्तै बैठकमा महाधिवेशनका सन्दर्भमा अन्तर पार्टी  समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । यसअघि मंसिर मसान्तलाई तोकिएको  क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य जीवन बहादुर शाहीले धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप