शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिन लगाउन आएका युवाले जब पुरुष नर्सलाई  प्रपोज गरे...

आइतबार, १९ पुस २०७७, १४ : ४३
आइतबार, १९ पुस २०७७

अमेरिकामा कोरोनाको भ्याक्सिन लगाउन आएका एक युवकले पुरुष नर्सलाई सरप्राइज दिएका छन् । ३१ वर्षका चिकित्सा–सहायक रबी वर्गस कार्टेस र व्यावसायिक रुपमा नर्सको रुपमा कार्यरत एरिक वर्डेरली पाँच वर्षदेखि सम्बन्धमा थिए । कार्टेसले भ्याक्सिन लगाउनु टिक अघि वर्ठेरलीलाई भ्याक्सिनेस सेन्टरमा  नै विवाहको प्रस्ताव राखे । सोसल मिडियामा यो समलिङ्गी जोडीको प्रपोजल भिडियो चर्चाको विषय बनेको छ । 

हालै, कार्टिसले अमेरिकाको साउथ डकोटाको एक अस्पतालमा भ्याक्सिन लगाउनका लागि अपोइन्टमेन्ट पाएका थिए । उनलाई थाहा थियो कि उनका प्रेमीले पनि भ्याक्सिन लगाउने काम गरिरहेका छन् । त्यसैले उनले भ्याक्सिनेसनको दिनमा नै प्रेमीलाई सरप्राइज दिने निर्णय गरे । 

सीएनएनको रिपोर्ट अनुसार पुरुष नर्स एरिक वर्डेरलीलाई उनका प्रेमी भ्याक्सिनेसन सेन्टरमा भएको र उनलाई प्रस्ताव राख्ने तयारीमा भएको बारे सुइँको पनि थिएन । वर्डेरलीले प्रेमीले प्रस्ताव राख्ने बित्तिकै विवाहका लागि तुरुन्त हुन्छ भनिदिए । त्यसपछि वर्डेरली आफैंले कार्टेसलाई कोरोनाको खोप लगाइदिए । 

प्रेमीलाई प्रस्ताव राखेको र कोरोनाको खोप लगाएको ठिक १० मिनेटपछि कोर्टेस पनि ड्युटीमा जानु पर्यो किनभने अचानक एम्बुलेन्स कल आयो । सेफोर्ड हेल्थ सेन्टरले यो जोडीको विवाहको प्रस्तावको भिडियो फेसबुकमा पोस्ट गरेको छ, जुन चर्चाको विषय बनेको छ । 

कोर्टेसले प्रस्ताव राख्नका लागि विगत तीन वर्षदेखि औंठी राखिरहेको तर आफू कुनै विशेष मौकाको खोजीमा भएको जानकारी दिए । यो जोडीले महामारी अन्त्य भएपछि मात्रै आफूहरुले विवाह गर्ने जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप